Information is intelligence
HomePoliticsझाँक्रीलाई राष्ट्रपति पुत्रीको यस्तो प्रश्न

झाँक्रीलाई राष्ट्रपति पुत्रीको यस्तो प्रश्न

- Advertisement -spot_img

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल खेमाकी नेतृ राम कुमारी झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीले केही प्रश्नहरु गर्दै जवाफ मागेकी छन् ।

उनले फेसबुकमा स्ट्याटस लेख्दै आफ्ना प्रश्नहरुको जबाफ मागेकी हुन् ।

यस्तो छ उनको फेसबुक स्टाटसः

मेरो ममले मलाई बोलाउनु भयो अनि भन्नुभयो- सबै लिडरसिपमा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन्। पहिलेको समयमा इन्दिरा गान्धीदेखी अन्तराष्ट्रिय जगतको कुरा गर्दा एंगेला मार्केलको उदाहरण दिनुभयो।आमाको मन हो, आफ्नो घाउ देखाउनु भएन, छोरीहरूमाथी यस्तो घटनाक्रमले पारेको आहतमा मलम लगाउन र हिम्मत दिन कोशिश गर्नुभयो।मेरो ममको बारेमा तथानाम भन्न थालेको लगभग २०५२/५३ देखी हो। यो शुरू गर्ने पत्रकार अहिले रिटायर्ड, वरिष्ठ पत्रकार र ठुलो नागरिक अगुवा भइसके। उनीहरूका नयाँ अवतार अहिले छन्।

म त्योबेला ११ वर्षजतीकी थिएँ, ममले फोनमा भन्नुहुँदै थियो- “म किन अभियानमा ननिस्किनु ? किन घरमा लुक्नु ? उनीहरुले यही चाहेर यो सब गर्दैछन्, म भाग्दिनँ।” मलाई त्योदिन देखीनै हिम्मत प्राप्त भयो। ममले हामीलाई आफ्नो साहस र दृढताबाट शिक्षित गर्नुभएको छ।

१ महिना अघि मैले यहँ ( फेसबुकमा) भनेको थिएँ- अदृश्य साइवर बुल्लीबाट अब सडकमा नारा लाउन शुरु भयो- हामिले आवाज बुलन्द नगरे यस्तो क्राईमले झन ठुलो रूप लिन्छ- एक महीना नबित्दै त्यही भयो।  

यहाँ रामकुमारी झांक्रीलाई आफ्नो युवा नेता मान्नेले झांक्रीलाई सुनाइदिनु,

१. गल्ती सेतो सारीमा होईन दृष्टिकोणमा छ

२. गलत चुनाव लडाउनु होईन, उहाँमाथी त्यसबेलाका शीर्ष नेताले गरेको व्यवहार र बोलीमा थियो- अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ- सोध्नुहोस गएर।

३. तपाईं कम्युनिष्ट स्कुलिङको हो भने- सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने, मेरो मम एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थ्यो। तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ । हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए, उहाँले ड्याडलाई मनपर्ने खाना/ अचार बनाउन छोडनु भयो। उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौँ, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ? हामी ९/१० वर्षकाले बुझ्यौँ उहाँ  ट्रयाजिटीसंग कोप गर्ने कोशिशमा यो सबै गर्दै हुनुहुन्थ्यो- तपाईं महिला, ठुलो मान्छे भएर यति बुझनु भएन ? तपाईंलाई अर्को कुरा भन्छु, दसैंमा टिका ग्रहण पनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाऊनु भयो। राष्ट्र प्रमुखको निधार खाली हुनुहुँदैन भन्ने मान्यताले गर्दा, उहाँको बूढ़ी आमाले उहाँलाई प्रश्न गर्नु भएन जमरा मात्रै हातमा दिदा- तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो ? ट्रयाजिटी कोप गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ। जुन बाटो स्वयम् त्यो व्यक्तिले पनि भोलुन्टरिली रोज़ेको होईन। हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिँदैन। यदी तपाईंलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथी करियर महत्वकांक्षा हो भने- ठाउँ साटौँ, तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस अनि तपाईंलाई हामीसंग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ- लिएर जानुस

झाँक्रीलाई नेता मान्‍ने र सम्पर्कमा भएको व्यक्तिले यो छोरीको प्रश्‍न सुनाइदिन

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु