Information is intelligence
HomeUncategorizedप्रधानमन्त्रीकाे कार्यक्रम, मन्त्रीद्वारा चन्दा माग (पत्रसहित)

प्रधानमन्त्रीकाे कार्यक्रम, मन्त्रीद्वारा चन्दा माग (पत्रसहित)

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमका लागि मन्त्रीले नै चन्दा मागेका छन् ।

सिराहा सदरमुकाममा सोमबार हुन गइरहेको स्व. हेमनारायण यादवको १७ औं स्मृति सभामा सहभागी हुन प्रधानमन्त्री ओली आउँदैछन् । उक्त कार्यक्रमका लागि कानुनमन्त्री लिलानाथ श्रेष्ठले सरकारी कार्यालयसँग चन्दा मागेका छन् ।

मन्त्री श्रेष्ठ नेकपाका सिराहा इन्चार्ज हुन् । उनकै हस्ताक्षरमा सरकारी कार्यालयमा आर्थिक सहयोग माग्दै पत्राचार गरिएको छ ।

तस्वीर श्राेतःअनलाइन खबर

स्व. हेमनारायण यादवको १७ औं स्मृति दिवसका लागि मन्त्री श्रेष्ठले वििभन्न कार्यालयमा पत्र मार्फत आर्थिक सहयोग माग गरेका छन् । कार्यालयहरुमा पठाइएको पत्रमा रकम उल्लेख नगरिएपनि मन्त्री श्रेष्ठले रु. ५० हजारसम्म उपलब्ध गराउन दबाब दिएको एक कार्यालय प्रमुखले बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु