Information is intelligence
HomePoliticsप्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टीबाट निश्कासन गर्यो

प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टीबाट निश्कासन गर्यो

- Advertisement -spot_img

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टीबाट निश्कासन गरेको छ ।

सोमबार बबरमहलस्थित कार्की व्याक्वेटमा उक्त समूहको केन्द्रीय सदस्यहरुको बैठकले ओलीलाई पार्टीबाट निश्कासन गरेको हो ।

बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाएको हो । बैठकमा सो समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने प्रस्ताव पेश गरेका थिए अध्यक्ष प्रचण्डको प्रस्ताव बैठकले पारित गरेको हो ।

यसअघि सो समूहको बैठकले ओलीलाई पार्टी अध्यक्षबाट निश्कासन गरेको थियो । तर, ओली समूहले भने आफूहरु नै आधिकारिक नेकपा भन्दै प्रचण्ड–नेपाल पक्षले पार्टी छोडेको दाबी गर्दै आएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु