Information is intelligence
HomeEntertainment & Artsविवाह गर्दै अञ्जु पन्त, एकबर्षदेखि प्रेममा भएको खुलाशा

विवाह गर्दै अञ्जु पन्त, एकबर्षदेखि प्रेममा भएको खुलाशा

- Advertisement -spot_img

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिने भएकी छिन्। संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः विवाह गर्न लागेकी हुन् ।

अञ्जुले इलामका थिर कोइरालासँग बिहे गर्न लागेकी हुन् । दुबैको परिवारमा बिहेको कुराकानी भैरहेपनि मिति भने तय भएको छैन ।

थिर कोइरालाले भनेका छन्, ‘हामीहरु एकबर्षदेखि प्रेममा छौ । तर, तत्काल बिहे गर्ने, भव्य रुपमा गर्ने, लूगा नै सिउन दिएको भन्ने हल्लाहरु गलत हुन् । बिहेको कुरा भैरहेको छ । चाडै पनि हुनसक्छ, केही समय पनि लाग्न सक्छ ।’

थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्छन् । अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने बिषयमा सोचिरहेको बताएकी थिइन् ।

आफ्नो रहर भन्दा पनि छोरी परितोशिकाको दवावले विवाह गर्न लागेकी हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु