Information is intelligence
HomeEducationविद्यार्थीद्वारा विद्यालय प्रशासनमा ताला

विद्यार्थीद्वारा विद्यालय प्रशासनमा ताला

- Advertisement -spot_img

नेपाल वेद विद्याश्रम वनकाली काठमाडौंमा विद्यार्थीहरूद्वारा प्रशासनमा ताला लगाइएको छ । विगतदेखी प्रशासनले गरेको मनोमानीका कारण  प्रशासनमा ताला लगाउनु परेकाे  बिद्यार्थीहरूले बताएका छन् ।

प्रशासनले विद्यार्थीको भर्नामा मनोमानी गरि पठनपाठनमा नरहेको विषय र पठनपाठन नराखिएको कम्युटर विषयका लागि समेत रकम लिइएकाले ताला लगाइएकाे विद्यार्थीहरूकाे भनाइ छ ।

प्रशासनलाई सञ्चालक समीतिसँग  बैठकको मागका लागि हरेक पटक निवेदन पत्र दिँदा पनि कुनै प्रभावकारी काम नभएको र सञ्चालक समीतिलाई कुनै जानकारी नगराइएको विद्यार्थीहरूकाे आराेप छ ।

हाल यस विद्यालयमा कक्षा १२ सम्म पठनपाठन भइरहेको छ।  विद्यालय निमित्त प्रधानध्यापकले सञ्चालन गरिरहेका छन्। प्रशासनले विद्यार्थीहरूका अभिभावकलाइसमेत तथानाम गाली गरेकाे विद्यार्थीहरूले बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु