Information is intelligence
HomeSportsआर्सनलमाथि वल्भ्सको पूनरागमन जित

आर्सनलमाथि वल्भ्सको पूनरागमन जित

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति भएको खेलमा आर्सनल उल्भ्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

उल्भ्सको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल पराजित भएको हो ।खेलको ३२ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाएका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा आर्सनल १० खेलाडीमा समेटियो । डिफेन्डर डेभिड लुइजले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

उनले विपक्षी खेलाडीलाई आफ्नो पेनाल्टी क्षेत्रमा फउल गरेका थिए । जसमा उल्भ्सले पेनाल्टीको अवसर समेत पायो । उक्त पेनाल्टीमा रुबेन नेभेसले सहजी गोल गरे ।

त्यसपछि खेलको ४९ औं मिनेटमा जोआ माउटिन्होले गोल गर्दै उल्भ्सलाई २-१ को जित दिलाए । यस्तै खेलको ७२ औं मिनेटमा बेर्नाड लिनोले रातो कार्ड पाएपछि आर्सनल ९ खेलाडीमा समेटिएको थियो ।

जितसंगै उल्भ्सले २२ खेलमा २६ अंक जोडेको छ । उल्भ्स १४ औं स्थानमा रहेको छ ।आर्सनल ३१ अंक जोडेर दशौँ स्थानमा रहको छ ।

त्यस्तै हिजोनै भएको अर्को खेलमा सेफिल्ड युनाईटेडले वेस्ट ब्रुमलाई २-१ ले हराएको छ ।

क्रिस्टल प्यालेसले न्युकासल युनाईटेडलाई पनि २-१ ले नै हराएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु