Information is intelligence
HomePoliticsआन्दोलनकाे मारमा सर्वसाधारण जनता

आन्दोलनकाे मारमा सर्वसाधारण जनता

- Advertisement -spot_img

कुनैपनि शासन व्यवस्था परिवर्तनका खातिर आन्दोलनकाे महत्व अपरिहार्यजस्तै हुन्छ । नेपालकाे दृष्टिकाेणमा हेर्ने हाे भने जुनसुकै परिवर्तनका लागि पनि आन्दोलन नै महत्वपूर्ण बनेकाे देखिन्छ ।

२००७ सालकाे प्रजातान्त्रिक आन्दोलन हाेस् या २०३६ सालकाे जनमत संग्रह हाेस् त्यस्तै २०४६ सालकाे जनआन्दोलन अनि २०६२/६३ सालकाे दाेश्राे जनआन्दोलन, सबै व्यवस्था परिवर्तनका लागि भएका थिए र त्यस्ता आन्दोलनमा जनसहभागिता पनि व्यापक थियाे ।

तर, अहिलेकाे नेपालकाे राजनितिक परिप्रेक्ष्य फरक छ । यहाँ व्यवस्था परिवर्तन हैन व्यक्ति परिवर्तनका लागि आन्दोलन भैरहेकाे छ । जसकाे प्रत्यक्ष मारमा भने सर्वसाधारण जनता परिरहेका छन् ।

प्रधानमन्त्रीकाे भेलाका लागि भनेर सवारी लाइसेन्सकाे परीक्षा स्थगित भैरहेकाे छ । विभिन्न समूहकाे आन्दोलनका लागि भनेर ट्राफिक डाइभर्सन भैरहेकाे छ । जसले गर्दा आम सर्वसाधारणले लामाे भन्दा लामाे सवारी जाम भाेग्नु परेकाे छ ।

फुटपाथमा व्यापार गर्दा भीड बढ्याे भनेर हटाउने सरकार आँफै बीच बाटाेमा आफ्नाे पक्षका मानिसहरू जम्मा गरेर राेइलाे गर्दैछन् । विपक्षीहरू झन् कम छैनन् ।

अर्कातर्फ नागरिक अगुवाहरू छन् । जाे सामान्य जनताकाे आवाज बन्न सकेका छैनन् । पार्टीकाे झाेला भिरेर नागरिक अगुवा बनेर आन्दोलनकाे उद्घाेष मात्र गरिरहन्छन् । मानाैँ नेपालकाे नागरिक समाज भनेकाे राजनीतिक विषयमा मात्र बाेल्नुपर्ने हाे । परिवार भन्दा व्यापक र राजनीतिभन्दा टाढा रहनुपर्ने नागरिक समाज राजनीतिभित्रमात्र रूमल्लिरहेकाे छ ।

भत्ताकाे भरमा कार्यकर्ताहरू बटुलेर गरिएकाे आन्दोलनले कस्ताे परिवर्तन ल्याउला त्याे त पछिकाे कुरा भयाे । तर , आम सर्वसाधारणकाे अहिलेकाे अवस्था भने दिनप्रतिदिन झन्झटिलाे हुँदै गैरहेकाे छ ।

आन्दोलन कसका लागि ? के का लागि ? सर्वसाधारण जनताका लागि हाे भने किन उनीहरूलाइ नै दुःखमाथी दुःख ? कसैले विपक्षमा बाेल्याे भन उहि राष्ट्रघाती ? कस्ताे शिक्षा हाे याे राजनीतिकर्मीहरूकाे ? कस्ताे चेतनाकाे विगुल हाे याे ?

दशवर्षे जनयुद्दकाे घाउ अझै ताजा छ , दाेश्राे जनआन्दोलनका घाइतेहरू अहिले पनि उपचारकाे पर्खाइमा बसिरहेका छन् । अझै पुगेकाे छैन नेताहरूलाइ जनता जुधाउन ? आफ्नाे कुर्सिका लागि सँधै अरूले बलिदान दिन पर्ने ? चेपुवामा सँधै सर्वसाधारण ?

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु