Information is intelligence
HomePoliticsप्रचण्ड–नेपाल समूहले पत्रकार सम्मेलन गर्दै

प्रचण्ड–नेपाल समूहले पत्रकार सम्मेलन गर्दै

- Advertisement -spot_img

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले पत्रकार सम्मेलन गर्दैछ । प्रतिनिधिसभा विघटनपछि सडक संघर्षमा रहेको प्रचण्ड–नेपाल समूहले बुधबार दिउँसो २ बजे पेरिसडाँडामा पत्रकार सम्मेलन गर्न लागेको हो ।

आकस्मिक पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । विषयबारे उनले खुलाउन चाहेनन् ।

संवैधानिक आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै आज बिहान पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । सरकारले गएको मंसिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो । सोही विषयमा पत्रकार सम्मेलन केन्द्रित हुने नेकपाका नेताहरुको भनाइ छ ।

संवैधानिक परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ । वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक आयोगमा गरिएको नियुक्ति तानाशाहीको अर्को नमुना भएको प्रतिक्रिया दिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु