Information is intelligence
HomeSportsनेयमारले पीएसजीसँग नयाँ सम्झौता गर्दै

नेयमारले पीएसजीसँग नयाँ सम्झौता गर्दै

- Advertisement -spot_img

एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता नवीकरण गर्ने भएका छन् ।

नेयमारले पीएसजीसँग थप चार वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गर्ने भएका हुन् ।

स्रोतका अनुसार नेयमार र पीएसजीबीच नवीकरणको औपचारिक सम्झौता मात्र बाँकी रहेको छ ।सम्झौता अनुसार नेयमार सन् २०२६ सम्म पीएसजीमा रहने छन् ।

पछिल्लो समय अर्जेन्टिनाका लियोनल मेस्सी पीएसजी जाने चर्चा चलिरहेको समय नेयमारले पीएसजीसँगको सम्झौता थप गर्न लागेका हुन् ।

नेयमार र मेस्सी बार्सिलोनाका टिम मेट हुन् । बार्सिलोनासँग मेस्सीको सम्झौता सिजनको अन्तिममा सकिदैछ । २८ वर्षीय फरवार्ड नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पीएसजी आएका थिए ।

चार वर्ष बार्सिलोनामा रहदा नेयमारले २ ला लिगा र एक च्याम्पियन्स लिग जितेका थिए । पछिल्लो समय नेयमारले आफु पेरिसमा खुशी रहेको बताउदै आएका छन् ।

‘अहिले म खुसी छ। वास्तबमै खुसी छु,’ उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘परिस्थिति धेरै बदलिएको छ । अहिले मलाई राम्रो लागिरहेको छ । म खुसी छु । म पीएसजीमा बस्न चाहन्छु ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु