Information is intelligence
HomeEconomyनयाँ रेकर्ड राखेर फर्कियाे नेप्से

नयाँ रेकर्ड राखेर फर्कियाे नेप्से

- Advertisement -spot_img

खरिदबिक्री रकममा आकर्षक माहोल खडा भइरहँदा नेप्से सूचक भने सामान्य दबाबमा परेको छ । ट्रेडरहरु हावी हुँदा नेप्से सूचकले बुधबार केही दबाबको सामना गरेको हो । बजार खुलेको पहिलो सत्रमा नेप्से दोहोरो अंकले बढेर २५ सय विन्दु माथि पुगेको थियो । तर यसरी बढेको बजारमा ट्रेडर हावी भएपछि सूचकले दबाबको सामना गर्नुपरेको हो । सुरुवाती चरणमा नेप्से आकर्षक हिसाबले वृद्धि भएको थियो ।

नेप्सेले २५१८ विन्दुसम्मको अलटाइम हाई टेस्ट गरेर फर्किएको छ । समग्रमा नेप्से सूचक ६.८१ अंकले घटेर २४६६.९२ विन्दुमा अडिएको छ । २०२ कम्पनीको ९ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ करोड २० लाख ४० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४ कम्पनीको भाउ ९% भन्दा माथि वृद्धि भएको छ ।

खरिदबिक्री रकममा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । यसको ५६ करोड भन्दा बढीको कारोबार भएको छ । दोस्रो र तेस्रोमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र अरुण काबेली हाइड्रोपावर परेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु