Information is intelligence
HomeEntertainment & Artsबलिउड सुपरस्टारहरू युएईमा एकै पटक देखिँदै,पठानमा प्रवेश गरे सलमान खान

बलिउड सुपरस्टारहरू युएईमा एकै पटक देखिँदै,पठानमा प्रवेश गरे सलमान खान

- Advertisement -spot_img

बलिउड निर्देशक सिद्धार्थ आनन्दको नयाँ फिल्म ‘पठान’मा अभिनेता सलमान खान जोडिदै छन्। यस अघि फिल्ममा अभिनेता शाहरुख खान, जोन अब्राहम र अभिनेत्री दीपिका पादुकोणले अभिनय गर्ने पक्का भइसकेको हो।

भारतीय अखबार बलिउड हंगामाका अनुसार अब भने फिल्ममा सलमान खान पनि देखिने भएका हुन्। सलमानले हालै मात्र महेश मंज्रेकर निर्देशित फिल्म ‘अन्तिम- द फाइनल ट्रुथ’को छायांकन सकेका छन्। योसँगै उनले अब फिल्म ‘पठान’को छायांकनका लागि समय छुट्याएको बलिउड हंगामाले जनाएको छ।

‘पठान’को छायांकन सके लगत्तै उनी यश राज फिल्मको ‘टाइगर ३’को छायांकनमा जानेछन्।

फिल्मको केही भाग युएईमा छायांकन हुँदैछ। ‘सलमान खानसँगको एक्सन सिन दुबईमा छायांकन हुँदैछ। त्यो सिनमा उनीसँगै शाहरुख खान, दीपिका पाडुकोण र जोन अब्राहम देखिनेछन्। फिल्ममा उनको भूमिका विशेष ढंगमा देखाइनेछ। एक बाघको प्रवेश जस्तै। बलिउडका सुपरस्टारहरू युएईमा एकै पटक देखिँदैछन्। यो निकै रमाइलो हुनेवाला छ,’ एक श्रोतले बलिउड हंगामालाई भनेका छन्, ‘सलमान र शाहरुख एकै पर्दामा देखिदैछन्। उनीहरू एकै पर्दामा त्यो पनि बुर्ज खलिफामा देखिनु पठानको विशेष सिन बन्ने छ।’

बुर्ज खलिफामा छायांकन हुने मिति तय भएको छैन। तर यही फेबुअरी १५ तिर छायांकन हुने अनुमान लगाइएको छ। श्रोतका अनुसार टोलीले युएईमा झन्डै ५० दिनको छायांकन तालिका बनाइएको छ। फिल्ममा शाहरुख र दीपिका विशेष एजेन्टको भूमिकामा देखिँदैछन्।

निर्माण टोलीका अनुसार फिल्ममा लागि अभिनेता ऋतिक रोशनसँग पनि सम्पर्क भइरहेको छ। फिल्ममा ऋतिकको भूमिका अहिलेसम्म टुङ्गो भने लागेको छैन।

‘पठान’ सन् २०२१ मै सार्वजनिक हुने भनिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु