Information is intelligence
HomeEDITORIALप्रतिगमनकाे विराेधमा प्रतिगमनः आमहड्ताल

प्रतिगमनकाे विराेधमा प्रतिगमनः आमहड्ताल

- Advertisement -spot_img

नेकपा प्रचण्ड , माधव नेपाल पक्षले भाेली अर्थात माघ २२ गते सरकारकाे असंवैधानिक कदमका विरूद्द आमहड्ताल घाेषणा गरेकाे छ । व्यापार , व्यवसाय तथा यातायातका साधनहरू चल्न नदिने घाेषणा पनि गरेकाे छ ।

पुष ५ गते प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक व्यवस्थाकाे विपरीत प्रतिनिधिसभा विघटन गरे । जुन अहिले पनि संवैधानिक अदालतमा विचाराधीन छ । प्रधानमन्त्रीले देशलाइ २० वर्ष पछि धकेल्न खाेजेकाे आराेप प्रचण्ड , माधव नेपाल पक्षकाे छ । तर त्यही पक्ष भाेली आमहड्ताल गर्दैछ । घुमाउराे भाषामा विद्यालय खाेल्न समेत असहज हुने बताएकाे छ । यसकाे मतलब प्रचण्ड माधव नेपाल पक्षले प्रतिगमनकाे विराेधमा प्रतिगमनकै बाटाे समाएकाे छ।

विगत केहि समयदेखि नेपालीहरू नेपाल बन्दकाे शिकारबाट केही मात्रामा भएपनि सुरक्षित भएकाे महसुस गर्दैछन् । तर, फेरी भाेलीकाे याे हड्तालले पुरानै दिनहरूकाे झझल्काे प्रत्येक नेपालीहरूकाे मन मष्तिस्कमा नछाउला भन्न सकिन्न।

आफ्ना मागहरू पुरा गर्नका लागि अन्यले समेत दुःख खेप्नपर्ने नेपालकाे राजनैतिक दलहरूकाे हठका कारण नेपाल फेरी पुरानै अवस्थामा नपुग्ला भन्न सकिन्न । समयसापेक्ष वैकल्पिक आन्दाेलनका बाटाहरू नसमातेर एक अर्काकाे विराेधमा देश बन्द गरी बल्लतल्ल तंग्रिँदै गरेकाे अर्थतन्त्रलाइ अझै झटाराे हान्नुकाे कुनै तुक हुँदैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु