Information is intelligence
HomePoliticsअष्टलक्ष्मीसहित १५० जना पक्राउ

अष्टलक्ष्मीसहित १५० जना पक्राउ

- Advertisement -spot_img

हड्तालका क्रममा काठमाडौं उपत्यकाबाट प्रचण्ड–नेपाल समूहका   १५० नेता–कार्यकर्ता पक्राउ परेका छन् । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा प्रचण्ड–नेपाल समूहले आज एकदिने आमहड्तालको घोषणा गरेको हो ।

उपत्यकाका भित्री सडकमा बन्दको प्रभाव देखिए पनि बाहिरी सडकमा भने आवागमन खुकुलो देखिन्छ । प्रर्दशनकारी काठमाडौंको कोटेश्वरलगायत क्षेत्रमा जम्मा भएका छन् ।

गृहको निर्देशनअनुसार बन्द गराउँदै हिडेका नेता कार्यकर्तालाई पक्राउ गर्न थालिएको प्रहरीले जनाएको छ ।

आज विहानै कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित  ८ जनालाई पक्राउ गरिएको थियो ।

यता वीरगंजको घण्टाघर र विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने वीरगंजका १९ जना नेकपाका नेताहरु पक्राउ परेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु