Information is intelligence
HomeNewsमाउण्टेनकर्मीमाथि माधव–प्रचण्ड पक्षका कार्यकर्ताको हातपात (भिडियो)

माउण्टेनकर्मीमाथि माधव–प्रचण्ड पक्षका कार्यकर्ताको हातपात (भिडियो)

- Advertisement -spot_img

काठमाडौं : आमहड्तालको रिपोर्टिङका लागि पुगेका माउण्टेनकर्मीमाथि आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका कार्यकर्ताहरुले हातपात गरेका छन्।

बिहीबार बिहान ललितपुरस्थित सातदोबाटोमा रिर्पोटिङका लागि पुगेका दिवाकर साहमाथि नेता तथा कार्यकर्ताहरुले हातपात गरेका हुन्। घटनाप्रति माउण्टेन टेलिभिजनले घोर भत्सर्ना गरेको छ।

उनलाई आन्दोलनकारीले केपी ओली पक्षको, चौतारीको भन्दै लखेटेका छन्।

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधिन भएको अवस्थामा सरकारले संवैधानिक नियुक्ति र जिम्मेवारी दिएपछि प्रचण्ड-नेपाल समूहले सरकारको विरोधमा बिहीबार आम हड्ताल घोषणा गरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु