Information is intelligence
HomeEconomyआम हडतालको दिन (बिहीबार) सुनको भाउ ह्वात्तै घट्यो

आम हडतालको दिन (बिहीबार) सुनको भाउ ह्वात्तै घट्यो

- Advertisement -spot_img

काठमाण्डौं | नेपाली बजारमा बिहीबार सुन तोलामा ९ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । बुधबार छापावाल सुन ९२ हजार  रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

आज अन्तरार्ष्ट्रिय बजारमा सुन प्रतिऔंस १८२३ डलर र चाँदी प्रतिऔंस २६.४९ डलरमा कारोबार भइरहेको छ। बुधबार सुन १८४१.७४ डलर र चाँदी २६.९७ डलरमा कारोबार भएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु