Information is intelligence
HomeEconomyग्रीन लाइफ हाइड्रोपावरको आईपीओ भोलीदेखि खुल्ला हुँदै,सम्पुर्ण विवरण हेर्नुहोस्

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ भोलीदेखि खुल्ला हुँदै,सम्पुर्ण विवरण हेर्नुहोस्

- Advertisement -spot_img

काठमाडौं | ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले भोली देखि सर्वसाधारणको लागि ३४ लाख ९६ हजार ४ सय कित्ता आईपीओ बिक्रि खुल्ला गर्ने भएको छ । हाइड्रोपावरले आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्रि खुला गर्दा वितरण हुन नसकेका १६ लाख ८६ हजार ४ सय सहित थप गरेर शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस रेटिङस प्रदान गरेको छ । सो रेटिङ्गले निष्कासनकर्ता कम्पनी वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । जम्मा कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामुहिक लगानीकोष, ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि र ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

न्युनतम १० कित्तादेखि १ लाख सम्म अधिकतम कित्तासम्म माघ २३ गतेबाट २७ गतेसम्ममा शेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । तोकिएको समयमा माग अनुसार आवेदन नपरेमा फागुन ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आईपीओ विक्रि तथा प्रबन्धकमा बिओके क्यापिटललाई नियुक्त गरेको यस कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले एनपी बी प्लस (आइएस) रेटिङग दिएको छ । सो रेटिङ्ग निष्कासन गरेको कम्पनी वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत हो ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४४ करोड रुपैयाँ भएकोमा शेयर बिक्रिपछि १ अर्ब ८० करोड पुग्ने भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु