Information is intelligence
HomeScience & Technologyमुलुकभरका लागि नेपाल टेलिकमले ल्यायो फोरजीमा चल्ने वाईफाई

मुलुकभरका लागि नेपाल टेलिकमले ल्यायो फोरजीमा चल्ने वाईफाई

- Advertisement -spot_img

काठमाडौं | नेपाल टेलिकमले फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु गरेको छ ।

कम्पनीले १७ औं वार्षिकोत्सको अवसरमा फोरजी वाईफाईको रुपमा बिहीबारदेखि फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा मुलुकभरका लागि ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले बताए । कम्पनीको एफटीटीएच तथा एडीएसएल सेवा नपुेको तथा वायरलेस माध्यमबाट धेरै डेटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् । सीपीई (कस्टमर प्रिमिसेस इक्विपमेन्ट) प्रयोग गरी यो सेवामार्फत सस्तो दरमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड प्रयोग गर्न सकिनेछ ।

हाल यो सेवा प्रति महिना नौ सय रुपैयाङ्गँ ६० जीबी, १५०० रुपैयाँमा १२० जीबी र वार्षिक ९,६०० रुपैयाँमा ७२० जीबी र १६००० रुपैयाँमा १४४० जीबीमा उपलब्ध छ । यसमा १६००० रुपैयाँको प्याकेज लिँदा प्रति जीबी डेटाकव शुल्क ११.११ रुपैयाँमात्र पर्न आउँछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु