Information is intelligence
HomePoliticsदरबारमार्ग र आसपासमा सार्वजनिक गाडीलाई प्रवेश निषेध, चक्रपथभित्र बस चलाउन रोक

दरबारमार्ग र आसपासमा सार्वजनिक गाडीलाई प्रवेश निषेध, चक्रपथभित्र बस चलाउन रोक

- Advertisement -spot_img

काठमाण्डाै | हिजो मात्र नेकपाको प्रचण्ड-नेपाल समूहको आमहड्तालले हैरान खेपेका नागरिकले आज पनि सास्ती पाउने भएका छन् । यसअघि प्रचण्ड-माधव समूहले माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि ओली समूहले पनि आमसभा गर्न लागेको हो ।

अहिले काठमाण्डौको दरबारमार्ग आसपासमा सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको छ ।

दिउँसो १२ बजेदेखि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि हुन लागेको आमसभाका लागि १३ स्थानबाट जुलुस निस्कने ओली पक्षीय नेकपाले जनाएको छ । शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट सभामा ३ लाख कार्यकर्ता उतार्ने ओली समूहकाे दाबी छ ।

यसकै कारण सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको हो । अहिले यो मार्ग भएर साना निजी गाडी भने चलिरहेका छन्  । यस्तै, जनसभालाई ध्यानमा राखेर दरबारमार्ग क्षेत्र हुँदै चल्ने गाडीलाई ठाउँ-ठाउँबाट डाइभर्सन गरिएको छ ।

जयनेपाल हल, माइतिघर मण्डला, थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, लैनचौर, सोह्रखुट्टे, पुतलीसडक, कृष्ण पाउरोटी, पद्मोदयमोडलगायत क्षेत्रबाट गाडी भर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

यस्तै, यात्रुवाहक ठूला सार्वजनिक बसलाई चक्रपथभित्र चलाउन पनि दिइएको छैन ।  जनसभाका कारण बढ्ने चापलाई मध्यनजर गर्दै यात्रुवाहक बसलाई चक्रपथमा मात्रै चलाउन दिइएको महाशाखाले जनाएको छ ।  

ओली समूहको जनसभामा आउन काठमाण्डौका ठाउँ-ठाउँमा अहिले नेता कार्यकर्ता भेला हुन थालेका छन् ।

जिल्ला बाहिरबाट पनि नेता कार्यकर्ता काठमाण्डौ आउँदै छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु