Information is intelligence
HomeEconomyग्रीन लाइफको आइपिओमा कति कित्ता गर्ने आवेदन ?

ग्रीन लाइफको आइपिओमा कति कित्ता गर्ने आवेदन ?

- Advertisement -spot_img

ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले आज माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर (आइपिओ) बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि यसअघि आयोजना प्रभावित स्थानीयहरुका लागि बिक्री खुला गर्दा बिक्री हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्तासमेत जोडेर आइपिओ निष्काशन गरेको हो ।

कम्पनीले कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो ।

१०० रुपैयाँ अंकित मूल्य रहेको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम् १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले आवेदन दिने समय छिटोमा माघ २७ गते र उक्त मितिमा बिक्री नभए ढिलोमा फागुन ७ गतेसम्म निर्धाण गरेको छ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्ने केयर एनपी बी प्लस (आईएस) रेटिङग प्रदान गरेको छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ ।

पछिल्लाे समयकाे आईपीओलाइ मध्यनजर गर्ने हाेभने सर्वसाधारणले १० कित्ता नै आवेदन गरे पर्याप्त हुने देखिन्छ । केही केहीले २० कित्ता पाउने सम्भावनालाइ पनि नकार्न सकिन्न

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु