Information is intelligence
HomeInternationalकाेराेनाकाे कहर, एकै युवतिले १६ जना युवालाइ प्रेमजालमा फसाएर लुटिन्

काेराेनाकाे कहर, एकै युवतिले १६ जना युवालाइ प्रेमजालमा फसाएर लुटिन्

- Advertisement -spot_img

१६ जनासँग माया गाँसेर उनीहरुकै घरमा चोरी गरेर बेपत्ता हुने युवतीलाई के भन्ने ? २७ वर्षकी सयाली कालले यसै गरेकी छिन् । भारतको पुणे नजिकै पिम्परी चिन्चबड क्षेत्रमा रहने एक पढेलेखेकी युवतीले यति धेरै युवालाई फसाएर चोरी गरेकी हुन् ।

कोरोना भाइरसको महामारीपछि जागिर छुटेपछि उनले गुजारा चलाउनका लागि नयाँ धन्धा थालेकी हुन् । उनले पैसा कमाउनका लागि गलत बाटो रोजेको आरोप लागेको छ ।

उनले डेटिङका मान्यमबाट १६ युवालाई प्रेमजालमा फसाएर पैसा कमाउने बाटो रोजेकी हुन् । चेन्नईका आशिष कुमारले गत हप्ता प्रहरीमा उजुरी दर्ता गरेपछि यसको वास्तविकता बाहिरिएको हो ।

सयालीले डेटिङ एपमार्फत आशिषसँग चिनजान बढाएपछि पुणे बोलाएर एक होटलमा रहेपछि कोल्डड्रिंकमा नशायुक्त पदार्थ मिसाएर पिलाएकी थिइन् । त्यसपछि सयालीले उक्त युवकको साथमा भएका गहना तथा नगद लुटेर भागेकी थिइन् ।

उनलाई शिखा भनेर पनि बोलाइन्थ्यो । यसरी नै अन्य युवालाई उनले सामाजिक संजालको दुरुपयोग गर्दै उनीहरुको पहुँचमा पुगेर लुट्ने गरेको आरोप उनीमाथि लागेको छ ।

उनले क्राइम ब्रान्च युनिट ४ ले मंगलबार पक्राउ गरेको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । उनको साथबाट प्रहरीले सुनका गहनासमेत जोडेर १५ लाख २५ हजार भारु बराबरको चोरीको समान बरामद गरेको छ ।

जाँच भइरहेको प्रहरीले जनाएको छ ।

हाम्राकुराबाट साभार गरिएकाे

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु