Information is intelligence
HomePoliticsम ज्यूँदै छु , नेकपा मर्दैनः वामदेव गाैतम

म ज्यूँदै छु , नेकपा मर्दैनः वामदेव गाैतम

- Advertisement -spot_img

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गाैतमले आफू ज्यूँदै रहेकाले नेकपा नमर्ने बताएका छन् । विहिबार एक टेलिभिजनलाइ अन्तर्वार्ता दिँदै उनले आफू रहुन्जेल नेकपा एकताका लागि लागिपर्ने बताएका हुन्।

उनले दुइपक्षमध्ये जुन पक्षले आफ्नाे कुरा सुन्छ त्यही पक्षलाइ सहयाेग गर्ने बताएका छन् । गाैतमले प्रधानमन्त्रीकाे कदम प्रतिगामी रहेकाे तर चुनावमा भने सहभागी हुने पनि बताएका छन् । उनी आफू अब प्रधानमन्त्रीकाे दाैडमा नरहेकाे पनि अन्तर्वार्तामा बताएका छन् । तर पार्टी अध्यक्ष भने हुनसक्ने संकेत उनले गरेका छन् ।

पार्टी एकता राष्ट्रिय महाभियान घाेषणा गरेकाे र साे अभियान सम्पन्न गरेरै छाड्नेसमेत गाैतमले बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु