Information is intelligence
HomePoliticsनिर्बाचन नहुदा देश संकटमा पर्छ भन्दै प्रधानमन्त्री ओलीद्वारा मञ्चबाट चुनाब चाहियोको नारा

निर्बाचन नहुदा देश संकटमा पर्छ भन्दै प्रधानमन्त्री ओलीद्वारा मञ्चबाट चुनाब चाहियोको नारा

- Advertisement -spot_img

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले देशमा अस्थिरता होईन चुनाब चाहियो भन्दै मञ्चबाट नारा लगाएका छन् । तीन पटक स्टेज बाटै नारा लगाउनु भएका प्रधानमन्त्री ओलीले सिङ्गो काठमाडौले सुन्ने गरी नारा लगाउन आग्रह गरे ।

ओली नेतृत्वको (नेकपा) ले आज काठमाडौंमा गरेको शक्ति प्रदर्शनमा उनले यस्तो नारा लगाएका हुन् ।

मुलुक निर्वाचनतर्फ गएको ओलीको दाबी छ । निर्वाचनमा जाँदा देश कसरी संकट पर्छ ? भन्दै उनले प्रश्न गरेका थिए । आफूलाई पार्टीभित्रबाटै काम गर्न नदिइएपछि जनादेशमा जाने निर्णय गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

अदालत र निर्बाचन आयोगलाई अरुले जस्तो धम्कि नदिने भन्दै ओलीले देश चुनाबमा गयो गयो अब चुनाबले फैसला गर्ने उनले बताए ।

प्रचण्ड नेपाल समुह निर्बाचन आयोगमा गएर निर्बाचन रोक्न धम्कि दिएको भन्दै ओलीले निर्बाचन नहुदा मात्र देश संकटमा पर्ने बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु