Information is intelligence
HomePoliticsनारायणहिटीअगाडि उभिएर प्रधानमन्त्री ओलीको दावी:राजतन्त्र पुनर्स्थापना हुनै सक्दैन

नारायणहिटीअगाडि उभिएर प्रधानमन्त्री ओलीको दावी:राजतन्त्र पुनर्स्थापना हुनै सक्दैन

- Advertisement -spot_img

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनर्स्थापना हुनै नसक्ने बताएका छन् ।

ओली नेतृत्वको (नेकपा) ले आज नारायणहिटीअगाडि गरेको शक्ति प्रदर्शनमा उनले यस्तो भनेका हुन् । नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले समाप्त पार्न नसक्ने र आधा शताब्दी राजतन्त्रविरुद्ध लडेको भन्दै उनले आफूबाट राजतन्त्र पुनर्स्थापन हुनै नसक्ने बताएका हुन् ।

उनले भने, “आज बिहानसम्म पनि भन्दै थिए, ओलीले राजतन्त्र फर्काएको घोषणा गर्छ रे । लोकतन्त्रका लागि आधा दशकभन्दा बढि समय प्रजतन्त्रका लागि जुन केपी ओली लड्यो, उसैले राजतन्त्र फर्केको घोषणा गर्छ रे । यो संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले समाप्त पार्न सक्दैन । कार्यान्वयन गरेर अगाडि जान्छ । यो प्रणालीले विकासमा वाधा दिएको छैन ।”

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु