Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना पुष्टि

- Advertisement -spot_img

काठमाडौं | पछिल्लो २४ घण्टामा मुलुकभर थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार ७ सय ७ जना पुगेका छन्। जसमध्ये सक्रिय संक्रमित २ हजार एक सय ८ छन्।

पछिल्लोपटक २७२ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६७ हजार पाँच सय ६४ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ९२ छ। नेपालमा हालसम्म २० लाख ८८ हजार तीन सय ७१ जनाको पिसिआर परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार ३५ जनाको मृत्यु भइसकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु