Information is intelligence
HomeEconomyइन्फ्रान्सटक्चरकाे आइपिओ डिम्याट खातामा , कति छ ओपनिङ रेन्ज ?

इन्फ्रान्सटक्चरकाे आइपिओ डिम्याट खातामा , कति छ ओपनिङ रेन्ज ?

- Advertisement -spot_img

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ डिम्याट खातामा जम्मा भएको छ ।

शनिवारबाट डिम्याट खातामा आएसँगै आगामी  सातादेखि उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुने छ ।कम्पनीको स्टक कोड निफ्रा रहेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर  न्युनतम ११३ रूपियाँ ६२ पैसादेखि अधिकतम ३४० रूपियाँ ८६ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६र७७ को  प्रतिशेयर नेटवर्थ ११३ रूपियाँ ६२ पैसा रहेको छ ।

कम्पनीले जारी पूँजी २० अर्ब रुपियाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपियाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु