Information is intelligence
HomeEconomyरुरुले पायाे प्रिमियममा आइपीओ बिक्री गर्न अनुमति , एक कित्ताकाे कति पर्छ...

रुरुले पायाे प्रिमियममा आइपीओ बिक्री गर्न अनुमति , एक कित्ताकाे कति पर्छ ?

- Advertisement -spot_img

रु रु जलविद्युत परियोजनालाई नेपाल धितोपत्र बोर्डले प्रिमियममा आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले प्रिमियम मूल्यसहित ८ करोड ९६ लाख ९५ हजार २२० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको हो । अब परियोजनाले सर्वसाधारणलाई जारी पुँजीको १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०६ कित्ता सेयर प्रतिकित्ता १२० रुपैयाँ (२० रुपैयाँ प्रिमियम) का दरले निष्कासन गर्नेछ ।

त्यसैगरी, स्थानीयको लागि जारी पुँजीकै १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०६ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले पनि निष्कासन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ ।

कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ । रु रु जलविद्युत परियोजनाले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । यो आइपीओ गुल्मीका आयोजना प्रभावितले भर्न पाउनेछन् । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु