Information is intelligence
HomeNewsकाठमाण्डौ उपत्यकामा हिउँ पर्याे

काठमाण्डौ उपत्यकामा हिउँ पर्याे

- Advertisement -spot_img

काठमाण्डौ उपत्यकाका फुल्चोकी र चन्द्रागिरी डाँडामा हिउँ परेको छ । आज बिहानदेखि बढेको चिसोका कारण काठमाण्डौ उपत्यका आसपासका डाँडामा सामान्य हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दामनमा पनि हिउँ परेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज चिसो बढेको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका थोरै ठाउँमा पानी परेको छ । यस्तै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भइरहेको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

आजराति पनि केहि ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने अनुमान छ । भोलीदेखि भने मौसममा सुधार आउने महाशाखाका मौसमविद्सापकोटाले बताउनुभयो ।

उपत्यकाका फुल्चोकी र चन्द्रागिरी डाँडामा हिउँ परेको छ । आज बिहानदेखि बढेको चिसोका कारण काठमाण्डौ उपत्यका आसपासका डाँडामा सामान्य हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दामनमा पनि हिउँ परेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज चिसो बढेको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका थोरै ठाउँमा पानी परेको छ । यस्तै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भइरहेको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

आजराति पनि केहि ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने अनुमान छ । भोलीदेखि भने मौसममा सुधार आउने महाशाखाका मौसमविद्सापकोटाले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु