Information is intelligence
HomePoliticsबर्षात अघि गर्जिने बादल क्षणिक हुन्छ भन्दै बिना मगरले दिइन् बादललाइ कडा...

बर्षात अघि गर्जिने बादल क्षणिक हुन्छ भन्दै बिना मगरले दिइन् बादललाइ कडा जफाफ

- Advertisement -spot_img

गृहमन्त्री रामबहादुर थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मांसाहारी आन्दोलन गरे चिडियाखानामा लेगर राख्ने चेतावनी दिएपछि पूर्व खानेपानी मन्त्री बिना मगरले आपत्ति जनाएकी छन्।

ओली समूहले शुक्रबार राजधानीमा आयोजना गरेको जनसभामा गृहमन्त्री थापाले आन्दोलन हिंसात्मक बने अध्यक्ष प्रचण्डलाई नै जेलमा थुन्ने अभिव्यक्ति दिएका थिए।

प्रचण्डकी बुहारी समेत गरेकी पूर्व मन्त्री मगरले गृहमन्त्रीको अभिव्यक्तिको आलोचना गर्दै चेतावनी दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘आज मौसम कठ्यांग्रिदो चिसो बोकेर आयो। हिमपात, केही बर्षा, अनि सितलहरले दिन भरजसो देस, मुटु नै काप्ने चिसोमा, पारिलो घामको न्यानो खोजिनै रहयो। सन्दर्भ पनि क्या गजबको। आज बादल क्षितिजमा हैनकी, नारायणहिटी दरबार अगाडी गर्जिएछ। बादललाई बादल बनाउने धरातल माथि ब्ययड्ंग्य कस्दै प्रचण्डलाई चिडियाखाना पुर्याउने ध्वास दिएछ। हेक्का रहोस, बर्षात अघि गर्जिने बादल क्षणिक हुन्छ। मौसम उघ्रिएसंगै बादल फाटेको क्षितिज निकै सुन्दर हुन्छ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु