Information is intelligence
HomeSportsराष्ट्रिय महिला लिग अन्तर्गत आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई खेल हुँदै

- Advertisement -spot_img

राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका भिड्ने छन्।

आजको खेलमा तेस्रो स्थानमा रहेको विराटनगर दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबसँग अंकदुरी घटाउने लक्ष्यका साथ मैदानमा उत्रने छ भने चन्द्रपुर प्रतियोगितामा आफ्नो दोस्रो जितको खोजीमा हुनेछ। खेल मध्यान्ह १२ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिका भिड्ने छन्। चौथो स्थानमा रहेको नेपाल पुलिस आजको खेलमा जित निकाल्दै तेस्रो स्थानमा रहेको विराटनगरलाई पछि पार्न चाहनेछ। त्यस्तै वालिङको नजर पनि तेस्रो स्थानमै रहने छ। दुबै टोलीमा तालिकामा समान ८/८ अंक छ। खेल ३ बजे सुरु हुनेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु