Information is intelligence
HomeSportsभरानको दुई गोलमा रियलको पुनरागमन जित

भरानको दुई गोलमा रियलको पुनरागमन जित

- Advertisement -spot_img

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा साविक विजेता रियलले हुयस्काविरुद्ध २-१ गोलको पुनरागमन जित निकालेको हो ।

हुयस्काको मैदानमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै रियलले जित निकालेको हो । रियलको जितमा राफायल भरानले दुई गोल गरे । हुयस्काका जाभी गलनले एक गोल गरे ।

खेलको ४८औँ मिनेटमा जाभीको गोलबाट घरेलु टोलीले अग्रता बनाएको खेलमा भरान चम्किएपछि रियलले उत्कृष्ट पुनरागमन गर्‍यो । ५५औँ मिनेटमा भरानले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए । ८४औँ मिनेटमा भरानले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसंगै रियल ४३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित हुयस्का १६ अंकसहित तालिकाको पुछारमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु