Information is intelligence
HomeNews९ महिनामा देशभर १६ सयभन्दा धेरै आगलागीका घटना

९ महिनामा देशभर १६ सयभन्दा धेरै आगलागीका घटना

- Advertisement -spot_img

काठमाण्डाै – पछिल्लो ९ महिनामा देशभर १६ सयभन्दा धेरै आगलागीका घटना भएका छन् ।

गएको वैशाख महिनादेखि अहिलेसम्म १६ सय ४० वटा आगलागीका घटना भएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आगलागीका कारण यो अवधिमा  ६० जनाले ज्यान गुमाएका छन् भने १ अर्ब २२ करोड १८ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । यस्तै चट्याङ्गका कारण २१७ वटा घटना भएका छन् ।

चट्याङ्गले ६५ जनाको ज्यान गएको छ भने ५ करोड ९४ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । प्राकृतिक विपत्तिका विभिन्न घटनाले ९ महिनाको अवधिमा १ अर्ब ४१  करोड ७६ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु