Information is intelligence
HomeNewsथप ११९ जनामा कोरोना संक्रमण पुष्टि

थप ११९ जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा मुलुकभर थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार ९ सय २५ जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १८ सय १५ छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार ३८ जनाको मृत्यु भइसकेको छ।

पछिल्लोपटक २६० जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६८ हजार ७२ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ९२ छ। नेपालमा हालसम्म २० लाख ९३ हजार चार सय १७ जनाको पिसिआर परीक्षण गरिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु