Information is intelligence
HomeInternationalम्यानमारमा सैन्य ‘कू’को विरोधमा हजारौं मानिस सडकमा

म्यानमारमा सैन्य ‘कू’को विरोधमा हजारौं मानिस सडकमा

- Advertisement -spot_img

एजेन्सी | म्यानमारको यान्गुन सहरमा हजारौं मानिसहरुले सैन्य ‘कू’को विरोधमा प्रदर्शन गरेका छन् । म्यानमारमा गत सोमबार सैन्य ‘कू’ भएपछि पहिलोपटक उल्लेख्य संख्यामा मानिसहरुले प्रदर्शन गरेका हुन् ।

मुलुकभर सेनाले इन्टरनेट सेवा बन्द गरेको भए पनि शनिबार उल्लेख्य संख्यामा मानिसहरु प्रदर्शनमा निस्किएका हुन् । प्रदर्शनमा मानिसहरुले तत्काल सैनिक शासनको अन्त्य हुनुपर्ने माग गरेका थिए । उनीहरुले राष्ट्रपति विन मिन्ट र प्रजातन्त्रवादी नेतृ आङ साङ सू कीको तस्वीरसहित प्रदर्शन गरेका थिए ।

शनिबार प्रदर्शनमा उत्रिएका मानिसहरुले म्यानमारमा के भइरहेको छ भन्ने कुरा अब संसारका सबै मानिसहरुले थाहा पाउनुपर्ने बताएका थिए । म्यानमारको सेनाले मुलुकमा हुन सक्ने प्रदर्शनलाई ध्यानमा राख्दै मुलुकभर इन्टरनेट सेवा बन्द गराएको थियो । अहिले मुलुकमा सामान्य अवस्थामा हुनेमध्ये केवल १६ प्रतिशत सञ्चार पनि सञ्चालनमा रहेको इन्टरनेटको नियमन गर्ने संस्थाहरुले बताएका छन् ।

म्यानमारमा सन् २०१५ बाट सेनाको सत्ता हटेको भए पनि सोमबार सांसद तथा सरकारी अधिकारीहरुलाई हिरासतमा लिँदै म्यानमारको सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु