Information is intelligence
HomeSportsएपीएफ र चौदण्डीगढी भिड्दै

एपीएफ र चौदण्डीगढी भिड्दै

- Advertisement -spot_img

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज लिग लिडर एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफ र चौदण्डी भिड्ने छन् । दुई टोलीबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ ।

साविक विजेता समेत रहेको एपीएफ चौदण्डीलाई हराएर अपराजित यत्र कायम राख्न चाहन्छ ।

एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो । शीर्ष स्थानको एपीएफएले ६ खेलमा १८ अंक जोडेको छ ।

यस अघिको भेटमा एपीएफले चौदण्डीलाई २२-० ले हराएको थियो । उक्त खेलमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरेकी थिइन् । एपीएफ आजको खेलमा उक्त नतिजा कायम राख्न चाहन्छ । यता, चौदण्डी भने एपीएफलाई रोक्ने योजनामा रहेको छ ।

चौदण्डी एपीएफसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । जारी लिगमा अंक विहीन रहने एक्लो टिम चौदण्डी हो । चौदण्डीले अघिल्ला ६ खेलमा हार व्यहोरेको छ । चौदण्डीले आफ्नो टिम बलियो बनाउन भारतीय खेलाडी अनुबन्ध गरिसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु