Information is intelligence
HomeSportsरोनाल्डो र नेयमारलाई पछि पार्दै मेस्सी दशकको सर्वोत्कृष्ट खेलाडी

रोनाल्डो र नेयमारलाई पछि पार्दै मेस्सी दशकको सर्वोत्कृष्ट खेलाडी

- Advertisement -spot_img

एजेन्सी | बार्सिलोना क्लबका सुपरस्टार लियोनेल मेस्सीले आइतवार दशका सर्वोत्कृष्ट पुरुष खेलाडीको पुरस्कार पाएका छन् ।

दी इन्टरनेसनल फेडरेसन अफ फूटबल हिस्ट्री यान्ड स्ट्याटिस्टिक्सले मेस्सीलाई शीर्ष स्थानमा राखेको हो ।

यस संस्थाले संसारभरिका १५० देशहरूले विगत एक दशकको सर्वोत्कृष्ट खेलाडीका लागि एक सर्वेक्षण गरेको थियो । उसले प्रत्येक महादेशको उत्कृष्ट खेलाडी पनि रोजेको छ ।

रोनाल्डोले यूईएफए क्षेत्रको उत्कृष्ट खेलाडीको पुरस्कार पाए भने मेस्सी संसारकै उत्कृष्ट खेलाडी घोषणा गरिए ।

मेस्सीले विगत १० वर्षमा ६ पटक ला लिगा उपाधि, पाँचपटक कोपा देल रे, दुईवटा च्याम्पियन्स लीग, चारवटा बालून दोर जितेका छन् ।

अहिलेको ला लिगा सीजनमा बार्सिलोनाले संघर्ष गरिरहेको भए पनि उनको प्रदर्शन उम्दा छ । उनले ला लिगामा १२ गोल र दुईवटा असिस्ट गरेका छन् । अनि च्याम्पियन्स लीगका चार खेलमा तीन गोल र दुई असिस्ट उनले गरिसकेका छन् ।

अन्य शीर्ष खेलाडीमा नेयमार, सर्जिओ रामोस, म्यानुएल नोयर र जियानलुगी बुफोन लगायत छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु