Information is intelligence
HomeSportsपीएसजीको जितमा एमबाप्पे र मोउरोको गोल

पीएसजीको जितमा एमबाप्पे र मोउरोको गोल

- Advertisement -spot_img

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित मार्सेलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एमबाप्पे र मौरा इकार्डीले एक एक गोल गरे ।

मार्सेलीको मैदानमा नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २४ औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

यस्तै खेलको इन्जुरी समयमा दिमित्री पायटले रातो कार्ड पाएपछि अन्तिम केहि समय मार्सेली १० खेलाडीमा समेटिएको थियो । मार्सेलीविरुद्धको जितसंगै पीएसजीले शीर्ष स्थानको लिलसँगको अंक दुरी कम गर्न सफल भएको छ ।पीएसजीले २४ खेलमा ५१ अंक जोडेको छ । तेस्रो स्थानको पीएसजी लिल भन्दा ३ अंकले पछि रहेको छ ।

लिल ५४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । मार्सेली ३३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु