Information is intelligence
HomeInternationalउत्तराखण्डको हिमनदीमा बेपत्ता दर्जनौँको अवस्था अज्ञात, ९ जनाको शव फेला

उत्तराखण्डको हिमनदीमा बेपत्ता दर्जनौँको अवस्था अज्ञात, ९ जनाको शव फेला

- Advertisement -spot_img

एजेन्सी | भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको धौलीगङ्गा हिम नदीमा आएको बाढीमा बेपत्ता भएका १२५ जनाभन्दा बढी व्यक्तिको अवस्था अझै अज्ञात छ ।

अहिलेसम्म नौजनाको शव फेला परेको प्रहरीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको अधिकारीहरूले बताएका छन् ।

कैयौँ गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ । बेपत्ताहरूको खोजी तथा उद्धार जारी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु