Information is intelligence
HomePoliticsविद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी शाक्यलाई

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी शाक्यलाई

- Advertisement -spot_img

काठमाण्डौं | सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति दिने निर्णय गरेको हो।

यससंगै प्राधिकरण स्थापनापछि शाक्य १७ औं कार्यकारी निर्देशकको नाम लेखाउन सफल भएका छन् ।

शाक्यले करिब ४ वर्ष एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए । झन्डै ३ दशक विभिन्न जिम्मेवारीमा रहेर काम गरेका र प्राविधिक रूपमा सक्षम शाक्यलाई प्राधिकरण तथा ऊर्जा क्षेत्रको नेतृत्व हांक्न सक्ने व्यक्तिको रूपमा लिइन्छ ।

नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा १७ अनुसार संस्थाको प्रशासनिक काम गर्न सरकारले महाप्रबन्धक वा कार्यकारी निर्देशक नियुक्त गर्न सक्ने प्रावधान छ । सोही प्रावधानअनुसार मन्त्रिपरिषद्ले शाक्यको नियुक्ति गरेको जनाएको छ ।

यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि विद्युत् प्राधिकरणमा यो पद खाली थियाे।

लामो समयदेखिको लोडसेडिङ अन्त्य गराउन ठूलो योगदान गरेकाले पुनः घिसिङलाई नै नियुक्ति दिनुपर्ने भन्दै नागरिकले सडक आन्दाेलन नै गरेका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु