Information is intelligence
HomePoliticsपहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने सरकारको निर्णय

पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने सरकारको निर्णय

- Advertisement -spot_img

काठमाडौँ | मन्त्रिपरिषद बैठकले पहिलो चरणमा ४० जिल्‍ला र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।

सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र कर्णालीमा चुनाव गर्ने निर्णय भएको एक मन्त्रीले इकागजलाई बताए ।

सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु