Information is intelligence
HomeEntertainment & Artsसौगात मल्ललाई पहिलो पटक 'सुपरस्टार'को ट्याग दिदै ‘लप्पन छप्पन २’को टिजर रिलिज

सौगात मल्ललाई पहिलो पटक ‘सुपरस्टार’को ट्याग दिदै ‘लप्पन छप्पन २’को टिजर रिलिज

- Advertisement -spot_img

काठमाडौं । मुकुन्द भट्ट निर्माण तथा निर्देशित फिल्म ‘लप्पन छप्पन २’ को नयाँ रिलिज मिति सहितको दोस्रो टिजर सार्वजनिक गरिएको छ ।

फिल्म चैत २७ गते देखि रिलिज हुँदैछ । निर्माण टिमले अभिनेता सौगात मल्ललाई पहिलो पटक टिजर मार्फत सुपरस्टारको ट्याग दिएका छन् ।

। यो चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, सरिता गिरी, एन्जल श्रेष्ठ, कार्लिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल लगायतका कलाकारको अभिनय छ । यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकुन्द भट्ट, सुनिल न्यूरे, अमित शर्माको पटकथा, मुकुन्द भट्ट र सुनिल न्यूरेको संवाद छ ।

चलचित्रमा प्रकाश कुँवर, चिजकुमार श्रेष्ठ, निर्मल कुमार मिश्र, सुदिप चन्द्र बाकरेल, सन्तोष चन्द्र बाकरेलको लगानी छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु