Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

काठमाडौं | पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ। पछिल्लो २४ घन्टामा ४ हजार ३०९ स्वाब परीक्षण गराउँदा १६० जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै मंगलबार थप १६५ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिले १७ सय ३७ जना आइसोलेसनमा छन् भने ८७ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार ६४ जनाको आइसीयू र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यस्तै मंगलबार कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। यो सहित मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु