Information is intelligence
HomePoliticsअर्थमन्त्री पौडेलद्वारा चुनावका लागि निर्वाचन आयोगलाई ७ अर्बको बजेट प्रदान

अर्थमन्त्री पौडेलद्वारा चुनावका लागि निर्वाचन आयोगलाई ७ अर्बको बजेट प्रदान

- Advertisement -spot_img

अर्थमन्त्री विष्णु पौडेलले चुनावका लागि निर्वाचन आयोगले माग गरेको ७ अर्बको बजेट प्रदान गरेका छन्।

गत हप्ता आयोगले माग गरेको बजेट दिने निर्णय भएकाे पाैडेलले मंगलबार जानकारी दिएका हुन्।

अर्थमन्त्री पौडेलले मंगलबार मन्त्रालयले आयोजना गरेको बजेट समीक्षा कार्यक्रममा निर्वाचनको लागि आवशयक ७ अर्ब बजेट प्रदान गर्ने निर्णय भएको बताए।

उनले भने, ‘आयोगले माग गरेको बजेट उपलब्ध गराउने निर्णय भइसकेको छ। निर्वाचन खर्चको मितव्ययिता अपनाएर गरिनेछ। सकेसम्म कम खर्च गर्ने गरी सरकार अघि बढ्नेछ। त्यसकारण निर्वाचको खर्च कममा गर्ने उद्देश्य रहेको छ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु