Information is intelligence
HomeSportsबार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

- Advertisement -spot_img

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।

चोटको कारण डी मारियाले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बार्सिलोनासँगको पहिलो लेग खेल गुमाउने भएका हुन् ।

पीएसजी र बार्सिलोनाबीचको पहिलो लेग खेल फेब्रुअरी १६ मा हुनेछ । खेल बार्सिलोनाको मैदानमा हुनेछ । ‘डी मारिया क्याम्प नाउको भ्रमणमा हुने छैनन्,’ मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले भनेका छन् ।

डी मारियाले फ्रेन्च लिग वान अन्तर्गत मार्सेलीसँगको खेलमा चोट बोकेका थिए । जुन खेल पीएसजीले २-० ले जितेको थियो ।

उनलाई ‘थाई मसल इन्जुरी’ भएको बताईएको छ । ३२ वर्षीय मिडफिल्डर पीएसजीको मुख्य खेलाडीमा पर्छन् । तर, अर्जेन्टाइन डी मारियाले चोट बोकेपछि पीएसजीलाई समस्या थपिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु