Information is intelligence
HomePoliticsनेकपा प्रचण्ड–माधव समूहद्वारा काठमाडौंमा विशाल प्रदर्शन

नेकपा प्रचण्ड–माधव समूहद्वारा काठमाडौंमा विशाल प्रदर्शन

- Advertisement -spot_img

काठमाडौं | प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ ।

भृकुटीमण्डपमा आमसभा सुरु हुनु अघि अहिले सहरका विभिन्न स्थानबाट जुलुस निस्किएको थियो, जसमा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ ।

यसअघि गत साता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले पनि सरकारी कदमको बचाउ गर्न काठमाडौंमा सभासहित शक्ति प्रदर्शन गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् । उक्त कदमपछि नेकपा स्पष्ट रूपमा दुई चिरा भएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसलगायत दल र नागरिक समाजले पनि सरकारको उक्त कदमको विरोध गर्दै आएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु