Information is intelligence
HomePoliticsजनताका समस्या समाधान गर्न नयाँ कुलमानहरूको आवश्यकता छ:जनार्दन शर्मा

जनताका समस्या समाधान गर्न नयाँ कुलमानहरूको आवश्यकता छ:जनार्दन शर्मा

- Advertisement -spot_img

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-माधव पक्षका नेता जनार्दन शर्माले जनताका समस्या समाधान गर्न नयाँ कुलमानहरूको आवश्यकता रहेको बताएका छन् ।

बुधबार प्रचण्ड-माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै शर्माले नयाँ कुलमानहरू नियुक्त गर्नुपर्ने बताएका छन् ।

‘जनताका समस्याहरू समाधान गर्न नयाँ कुलमानहरू नियुक्त गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि सक्षम राजनीतिक नेतृत्व चाहिन्छ।’

शर्मा ऊर्जामन्त्री हुँदा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएको थियो। कुलमान नै कार्यकारी निर्देशक भएका बेला नेपालमा लोडसेडिङ अन्त्य भएको थियो ।

पछिल्लो समय सरकारले कुलमानको कार्यकाल थप गरेको थिएन।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति दिने निर्णय गरेको थियो। लामो समयदेखिको लोडसेडिङ अन्त्य गराउन ठूलो योगदान गरेकाले पुनः घिसिङलाई नै नियुक्ति दिनुपर्ने भन्दै नागरिकले सडक आन्दाेलन नै गरेका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु