Information is intelligence
HomePoliticsकेपी ओलीको चुनाव चिन्ह बयलगाडा हो:माधवकुमार नेपाल

केपी ओलीको चुनाव चिन्ह बयलगाडा हो:माधवकुमार नेपाल

- Advertisement -spot_img

काठमाण्डौं | प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मासँग बयलगाडाको ‘चिन्ह’ मात्र भएको बताएका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध आफ्नो समूहले काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगलाई धम्कीबाट नडराई सही निर्णय गर्न भन्दै यस्तो बताएका हुन् ।

‘चुनाव चिन्ह सूर्य हामीसँग छ। केपी ओलीको त बयलगाडाको चिन्ह हो,’ उनले भने। ‘केपी ओली सच्चिनेवाला छैनन्, हामी आशा गरिरहेका छौँ । सर्वाेच्चबाट संसद पुनःस्थापना हुने आशा गरेका छौँ । निर्वाचन आयोगले पनि सही निर्णय गर्छ भन्ने आशा गरेका छौँ,’ नेपालले भने, ‘सूर्य चिन्ह हामीसँग छ । केपी ओलीसँग बयलगाडाको चिन्ह बाहेक केही छैन ।’

नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई बिर्सिएर पशुपतिनाथको मन्त्र जप्न थालेको बताएका छन्।

‘केपी ओलीलाई चेतना भया संविधान मिचाहालाई लोकतन्त्रको हत्यारालाई जनअधिकार कुल्चनेलाई पशुपतिनाथले पनि धिक्कार भन्नेछैन,’ उनले भने, ‘केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा आज यो विशाल विरोध सभा भएको छ। केपी ओलीजी तपाईँले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ। अब त्यो नाम पनि बिर्सिसक्नुभएको छ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु