Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ६५ जनामा कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ५५, ललितपुरका ४ र भक्तपुरका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५६७ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ११८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६८ हजार ५४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैले पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु