Information is intelligence
HomeSportsबार्सिलोना सेभियासँग पहिलो लेगमा पराजित

बार्सिलोना सेभियासँग पहिलो लेगमा पराजित

- Advertisement -spot_img

स्पेनिस कोपा डेल रेको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोना पराजित भएको छ ।

बुधबार राति भएको खेलमा घरेलु टोली सेभियाले बार्सिलोनालाई २-० ले स्तब्ध पारेको हो ।

सेभियाको जितमा जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे । खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै सभेयालाई १–० को अग्रता दिलाए ।

८५औं मिनेटमा इभान राकिटिचले सेभियाका लागि दोस्रो गोल गरे  संगै बार्सिलोना २-० ले पराजित भयो ।

पराजित भए पनि बार्सिलोना प्रतियोगिताबाट भने बाहिरिएको छैन । बार्सिलोनाले दोस्रो लिगमा कम्तीमा पनि २–० को जित हात पारेमा खेल बराबरीमा पुग्नेछ । बार्सिलोनालाई फाइनलमा पुग्न अबको खेलमा कम्तीमा ३-० को जित आवश्यक पर्नेछ ।

दोस्रो लेगको खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा  मार्च ४ मा हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु