Information is intelligence
HomeEconomyतेह्रमध्ये सात कम्पनीकाे काराेबार फुकुवा

तेह्रमध्ये सात कम्पनीकाे काराेबार फुकुवा

- Advertisement -spot_img

शेयर कारोबार रोक्का भएका १३ मध्य ७ कम्पनीको कारोबार फुकुवा भएको छ ।

आज नेप्सेले एक विज्ञप्ती निकाल्दै उक्त कम्पनीहरुले  माग गरे बमोजिममा विवरण उपलब्ध गराएपछि ति कम्पनीहरुको कारोबार फुकुवा गरेको नेप्सेले जानकारी दिएको हो ।

नेप्सेले कर्णाली डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, युनियन हाइड्रो पावर, पाँचथर पावर कम्पनी, नेशनल माइक्रोफाइनान्स र राधि विद्युत कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।

यस अघि नेप्सेले धितोपत्र बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पेश नगरेको भन्दै कारोबार बन्द गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु