Information is intelligence
HomeNewsदैनिक १२ घण्टासम्म लाेडेसेडिङ, सल्लाकाे दियाेलाे बालेर काम चलाउँदै

दैनिक १२ घण्टासम्म लाेडेसेडिङ, सल्लाकाे दियाेलाे बालेर काम चलाउँदै

- Advertisement -spot_img

लाेडसेडिङमुक्त घाेषणा भएकाे देशमा १२ घण्टाकाे लाेडसेडिङ् छ भन्दा पत्याउने कम नै हुन्छन् । तर हुम्लाबासीकाे लागि भने याे नपत्याइ नहुने श्रापजस्ते बनेकाे छ ।

लामाे समय काेराेनाकाे कारणले बन्द भएका विद्यालय खुलेपनि गृहकार्य गर्न नपाएकाे पीडा हुम्लाका  विद्यार्थीहरूसँग छ । पटकपटक गुनासाे गर्दापनि समस्या समाधान नभएपछि सिमकाेट वार्ड नं ६ का महिलाहरू विद्युत् कार्यालयमा पुगेर कार्यालय घेराउ गर्नुका साथै आन्दोलन गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाकाे चरम लापरबाहिकाे कारण हुम्लाबासीले याे अवस्था भाेग्नुपरेकाे भन्दै उपभाेक्ताहरू आन्दोलनमा उत्रिएका छन् ।

एसइइकाे तयारी गरिरहेका विद्यार्थीहरू बत्ती नभएपछि सल्लाकाे दियालाे बालेर गृहकार्य र अन्य तयारी गर्न बाध्य भएका छन् । उता विद्युत प्राधिकरण भने गुनासाे कम गर्न प्रयास गर्ने भएपनि लाेडसेडिङकाे अन्त्य नै गर्न भने नसक्ने वताउँदै आएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु